Deuteronomy 2:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होरीहरू एदोममा बस्‍ने गर्थे तर एसावको पुर्खाहरूले तिनीहरूलाई खेदे, तिनीहरूका जातिलाई नाश पारे र आफैं त्‍यहाँ बसोबास गर्न लागे। ठीक त्‍यसरी नै पछिबाट इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देशबाट आफ्‍ना शत्रुहरूलाई खेदे।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहिले नै होरीहरू पनि सेइरमा बस्‍थे, तर एसावका सन्‍तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होरीहरू सेइरमा बस्‍ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।)
Nepali ERV (पवित्र बाइबल)
पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।