Deuteronomy 2:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु हाम्रा परमेश्‍वरले अर्नोन-बेसीको किनारमा भएको अरोएरदेखि लिएर गिलादसम्‍मका सहरहरू, बेसी बीचको सहरसमेत हाम्रो कब्‍जामा गराइदिनुभयो। कुनै सहरका पर्खालले हामीलाई रोक्‍न सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्‍म हामीले लिन नसक्‍ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्‍वरले सबै हाम्रा हातमा सुम्‍पिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्‍वरले ती सबै देशहरू हामीलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।