Deuteronomy 2:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“र हामीहरू हिँड्यौं र एलात र एस्योन-गेबेरबाट मृत सागरतिर जाने बाटो छोडेर उत्तर-पूर्वको मोआबतर्फ लाग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण सेइरमा बस्ने एसावका सन्तान, हाम्रा दाजुभाइहरूका मध्येबाट हामी गयौं। एलात र एस्योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्थानको बाटो लाग्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्यौँ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।