Deuteronomy 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, ‘लोतका सन्‍तान मोआबका मानिसहरूलाई नचलाउनू, तिनीहरूसित लडाइँ सुरु नगर्नू। आर सहर मैले तिनीहरूलाई दिएको छु र तिनीहरूको कुनै पनि जग्‍गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोआबलाई दु:ख-कष्‍ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्‍नँ, किनभने मैले आर सहर लोतका सन्‍तानको अधिकारमा दिएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मलाई भन्‍नुभयो, “मोआबलाई दुःख-कष्‍ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।”
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘