Deuteronomy 20:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्ना देव-देवताहरूको पूजा गर्दा घिनलाग्दा कुराहरू गर्छन्। ती कुराहरू तिमीहरूलाई सिकाएर परमप्रभुको विरुद्धमा पाप गर्न नलाऊन् भनेर तिनीहरूलाई मार।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता उनीहरूले आफ्ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयंङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।