Deuteronomy 20:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब तिमीहरू कुनै सहर कब्जामा लिने चेष्टा गर्छौ, धेरै दिनसम्म त्यसलाई घेरामा राख्नुपरे पनि त्यहाँका फलका रूखहरू काटिढाल्ने काम नगर्नू। तिनका फल खानू तर रूखहरू नष्ट नगर्नू। रूखहरू तिमीहरूका बैरी होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू कुनै सहर लिन त्यसको विरुद्धमा लड़ाइँ गरेर त्यस सहरलाई धेरै दिनसम्म घेरिराख्छौ, तब तिमीहरूले त्यसका रूखहरू नकाट्नू, किनकि तिमीहरूले तिनका फल खान सक्नेछौ। यसकारण ती काटेर नढाल्नू। के जङ्गलका रूखहरू मानिसहरू हुन् र तिमीहरू ती घेरेर नष्ट गर्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू कुनै सहरलाई कब्जा गर्न त्यसको विरुद्धमा लामो समयसम्म लडाइँ गर्छौ, तब त्यस सहरलाई घेरामा राख्दा त्यहाँका रूखहरूलाई काटेर नाश नगर। किनकि तिमीहरूले तिनका फलहरू खान सक्छौ। ती काटेर नढाल्नू। के खेतका रूखहरू मानिसहरू हुन्, र तिमीहरूले तिनीहरूलाई नष्ट गर्छौ?
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सएछौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सएछौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर।