Deuteronomy 20:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब अधिकृतहरूले सैनिकहरूलाई यसो भन्‍नेछन्, ‘यहाँ कोही मानिस यस्‍तो छ, जसले भर्खरै घर बनाएर त्‍यसलाई अर्पण गरेको छैन? त्‍यसो भए त्‍यो घर फर्कोस्। नत्र त लडाइँमा त्‍यो मारिएला र अरू कसैले त्‍यसको घर अर्पण गर्नुपर्ला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो आफ्‍नो घरमा फर्केर जाओस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यसको घर अर्पण गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला।
Nepali ERV (पवित्र बाइबल)
“लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सएछ, यसकारण त्यो मानिस फर्केर घर जाओस्। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सएछ।