Deuteronomy 20:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अधिकृतहरूले सैनिकहरूलाई यसो पनि भन्‍नेछन्, ‘यहाँ कोही साहस नभएको काँतर छ? त्‍यसो भए त्‍यो घर फर्कोस्। नत्र त्‍यसले अरूलाई पनि काँतर बनाइदिनेछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्‍यो आफ्‍नो घर फर्कोस्‌। किनभने त्‍यसको कारणले त्‍यसका दाजुभाइहरूले हरेस खानेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अधिकृतहरूले यसो पनि भन्‍नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”
Nepali ERV (पवित्र बाइबल)
“ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस्। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’