Deuteronomy 21:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नी प्रिय स्‍वास्‍नीपट्टिको नभए तापनि उसले जेठोचाहिँ छोरालाई आफ्‍नो सम्‍पत्तिबाट दोब्‍बर हिस्‍सा दिनुपर्नेछ। कुनै पनि मानिसले आफ्‍नो जेठो छोरालाई मान्‍यता दिनुपर्छ र उसको अधिकारअनुसार पाउने हिस्‍सा उसलाई दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले मन नपर्नेको छोरालाई नै आफ्‍ना सबै धन-सम्‍पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्‍यता देओस्, किनभने त्‍योचाहिँ त्‍यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्‍यसको नै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफूले मन नपराएको पत्नीको छोरालाई आफूसँग भएका सबै कुराको दोबर भाग दिएर त्यसलाई जेठा छोराको मान्यता दिनुपर्छ। किनभने त्यो आफ्नो बुबाको शक्तिको पहिलो चिन्ह हो। जेठो अधिकार त्यसको नै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुई गुणा अंश पाउनै पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।