Deuteronomy 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस गाईलाई तिनीहरूले कहिल्‍यै नसुक्‍ने खोलाछेउमा भएको कहिल्‍यै हलो नजोतेको तथा बिउ नछरिएको ठाउँमा लगेर, त्‍यसको घिच्रो भाँचिदेऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई नजोतिएको र बीउ नछरेको उपत्‍यकामा कुनै खोलानेर लगेर त्‍यसको घाँटी भाँचिदिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।