Deuteronomy 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी पूजाहारीहरू त्यहाँ जानेछन् किनभने हिँसा भएको हरेक कानुनी मुद्दामा तिनीहरूले छलफल गर्नेछन्। मेरो सेवा गरून् र मेरो नाममा आशीर्वाद देऊन् भनी परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई चुन्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु परमेश्वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्ति उहाँले छान्नुभएको हुनाले लेवीका सन्तानका पूजाहारीहरू त्यहाँ आऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब लेवी पुजारीहरू अगि सरेर आऊन्; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई सेवा गर्न र याहवेहको नाममा आशिष् दिन, झैझगडा र कुटपिटका सबै मुद्दा-मामिला मिलाउन चुन्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)