Deuteronomy 22:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्यसलाई एक सय चाँदीका टुक्रा जरिमाना गरेर त्यो पैसा केटीका बुबालाई देऊन् किनभने त्यस मानिसले एउटी इस्राएली केटीको बदनाम गरेको छ। त्यसपछि पनि त्यो केटी त्यसकी स्वास्नी नै रहनेछ र त्यसको जीवनभरि त्यस केटीलाई त्याग्न पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र इस्राएलको एक कन्यामाथि कलङ्क लगाएकोले त्यसले केटीको बुबालाई चाँदीका एक सय सिक्का जरिमाना तिरोस्, र केटीचाहिँ त्यसकी पत्नी भइरहोस्। त्यो बाँचुञ्जेल त्यसले त्यस केटीलाई त्याग्न पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यस पुरुषलाई एक सय सेकेल चाँदी जरिमाना गरेर त्यो केटीको बुबालाई देऊन्। किनभने त्यस पुरुषले इस्राएलका कुमारीहरूको नाम बदनाम गरेको छ। त्यो केटी त्यसको पत्नी भएर रहिरहोस्। अनि पुरुषले आफू बाँचुन्जेल त्यो केटीलाई त्याग्न पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन।