Deuteronomy 22:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसको मालिक टाढै बस्‍छ भने वा तिमीले तिनलाई चिन्‍दैनौ भने त्‍यसलाई आफ्‍नो घरमा लैजाऊ। त्‍यसको मालिक खोज्‍दै आउँदा त्‍यो त्‍यसलाई दिइहाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यो भाइ नजिक बस्‍दैन वा तिमीले त्‍यसलाई चिनेका छैनौ भने, त्‍यसको पशुलाई त्‍यो खोज्‍न नआएसम्‍म सो आफ्‍नो घरमा ल्‍याएर राख। त्‍यसपछि त्यो पशु भाइलाई फर्काई देऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका दाजुभाइ तिमीहरूका नजिक बस्दैन वा मालिक को हो भनी तिमीहरूलाई थाहा भएन भने त्यसका मालिक खोज्न नआएसम्म त्यसलाई आफ्नो घरमा ल्याउनू। त्यसपछि त्यसलाई फर्काइदिनू।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउञ्जेलसम्म राख्न सएछौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ।