Deuteronomy 22:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुवैलाई सहरदेखि बाहिर लगेर ढुङ्गाले हानेर मार्नू। केटी मर्नुपर्छ किनभने त्यो सहरमा थिई, जहाँ त्यसको सोर सुन्न सकिन्थ्यो, तरै पनि त्यो सहायताको लागि कराइन। त्यो मानिसलाई मार्नुपर्छ किनभने त्यसले अर्कोसित मगनी भएकी केटीसित सम्भोग गर्यो। यस प्रकारले तिमीहरूले यस्तो खराबीलाई हटाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्च्याएकीले त्यस स्त्रीलाई मार्नू, र आफ्नो दाजुभाइकी पत्नीको सतीत्व नष्ट पारेकोले त्यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्ना बीचबाट यस्तो खराबी हटाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ती दुवैलाई त्यस सहरको मूलढोकामा लगेर ढुङ्गाले हानेर मार्नू। यसकारण कि त्यो केटी त्यो सहरमै थिई, र पनि सहायताको लागि चिच्याइन, र त्यस पुरुषले चाहिँ अर्को पुरुषको पत्नीलाई बिगारेको छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टतालाई हटाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।