Deuteronomy 22:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रा इस्राएली छिमेकीको गोरु वा गधा लडेको छ भने त्‍यसलाई नदेखेजस्‍तो नगर। त्‍यस पशु उठाउन उसलाई मद्दत गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले आफ्ना इस्राएली दाजुभाइका गधा वा गोरुलाई बाटोमा लडेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू। त्यस पशुलाई उठाउन त्यसका मालिकलाई सहायता गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।