Deuteronomy 22:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिमीहरूले एउटा चराको गुँड रूख वा भूइँमा पायौ र त्‍यसमा माऊ चरी ओथारोमा वा बचेरोसित बसेकी छे भने माऊ चरीलाई तिमीहरूले नलैजानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले बाटोको छेउको रूखमा वा भुइँमा चराको गुँड भेट्टायौ र माउचाहिँ बचेरासँग वा अण्डामा बसिरहेको भेट्यौ भने तिमीहरूले बचेरासँगै त्यस माउलाई नलैजानू।
Nepali ERV (पवित्र बाइबल)
“तिमी बाटोमा हिडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सएछौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।