Deuteronomy 23:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिम्रा परमेश्‍वरसित जब तिमीहरू केही कुराको भाकल गर्छौ, आफ्‍नो भाकल पूरा गर्नमा ढीलो नगर। परमप्रभुले तिमीहरूको भाकल पूरा भएको चाहनुहुन्‍छ र त्‍यो पूरा नगरे पाप हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति कुनै भाकल गरेपछि त्‍यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्‍यो पूरा भएको हेर्न चाहनुहुन्‍छ। नत्रता तिमीहरूलाई पाप लाग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरसँग केही भाकल गर्‍यौ भने त्यो भाकल पूरा गर्न ढिलो नगर। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट निश्‍चय नै माग गर्नुहुनेछ; र तिमीहरू पापको दोषी हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ।