Deuteronomy 23:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू मिश्रबाट निस्‍किआउँदा बाटोमा तिनीहरूले तिमीहरूलाई खानपान दिएनन् र अराम-नाहारैमको पतोर सहरमा बस्‍ने बओरको छोरा बालामलाई पैसा दिएर तिमीहरूलाई सराप्‍ने काम गर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्‍वागत गरेनन्‌। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्‍ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्‍न भनी पैसा दिएर बोलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्‍ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए।