Deuteronomy 23:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु तिम्रा परमेश्वरले बालामका कुरा सुन्नुभएन। त्यस सरापलाई उल्टो आशिष्मा बदली गरिदिनुभयो किनभने उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन, तर उहाँले त्यो सरापलाई आशिष्मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि याहवेह तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन। तर त्यस सरापलाई आशिष्मा परिणत गरिदिनुभयो; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो।