Deuteronomy 24:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एउटा मानिसले एउटी स्त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्यसमा पाएर त्यसलाई राख्न चाहन्न भनी निश्चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकाली पठाउला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने,
Nepali ERV (पवित्र बाइबल)
“एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सकछ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ।