Deuteronomy 24:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझपछि त्‍यो त्‍यसलाई फर्काइदिनू र त्‍यो ओडेर त्‍यो सुत्‍न सकोस्। तब त्‍यो धन्‍यवादी हुनेछ र परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीसित खुसी हुनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्यास्‍तसम्‍ममा तिमीहरूले त्‍यो बन्‍धक फर्काइदिनू, र त्‍यो आफ्‍नो ओढ्‌नेमा सुतेर त्‍यसले तिमीहरूलाई आशीर्वाद देओस्‌। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको नजरमा यो तिमीहरूका निम्‍ति धार्मिकता ठहरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको लुगा घाम अस्ताउनुभन्दा पहिले नै फर्काइदेओ। ताकि त्यसले त्यो ओढेर सुत्न सकोस्। तब त्यसले तिमीहरूलाई धन्यवाद दिनेछ। अनि त्योचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा एउटा धार्मिकताको काम ठहरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
साँझ नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।