Deuteronomy 24:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक दिन घाम अस्ताउनुभन्दा अघि त्यसलाई दिन-दिनको ज्याला दिनू। त्यसलाई त्यो पैसाको जरुरत छ र त्यसले पाउने आशा गरेको छ। त्यसलाई त्यो ज्याला दिएनौ भने त्यसले तिम्रो विरुद्धमा परमप्रभुलाई पुकार्नेछ र त्यो पापको दोष तिमीहरूलाई लाग्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्यास्तअघि नै प्रतिदिन त्यसको ज्याला दिइहाल्नू, किनकि त्यो एक गरीब हो र त्यो आफ्नो ज्यालामा नै भर परेको हुन्छ। नत्रता त्यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्यो भने, तिमीहरूलाई पाप लाग्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको ज्याला प्रत्येक दिन घाम अस्ताउनु अगि नै दिइहाल्नू। किनभने तिनीहरू गरिब हुन्, र तिनीहरूको मन ज्यालामाथि लगाएका हुन्छन्। नत्रता तिनीहरूले तिमीहरूका विरुद्धमा याहवेहलाई पुकार्नेछन् र तिमीहरूलाई पापको दोष लाग्नेछ।
Nepali ERV (पवित्र बाइबल)
घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।