Deuteronomy 24:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले एकपल्ट जैतुन टिपिसकेपछि छुटेका जैतुन टिप्नलाई फर्की नजानू। ती विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई छोडिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्यसका फल झारेपछि फेरि दोस्रो पल्ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति ती उब्रेका चाहिँ छोड़िदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले आफ्ना जैतुनका बोटहरूबाट फलहरू झार्छौ, तब फेरि दोस्रो पटक बोटबाट फलहरू झार्न नजानू। ती छोडिएका फलहरूचाहिँ परदेशी, अनाथ र विधवाहरूका निम्ति छोडिदिनू।
Nepali ERV (पवित्र बाइबल)
जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।