Deuteronomy 24:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पनि त्‍यसको पहिलो लोग्‍नेले त्‍यसलाई फेरि विवाह नगरोस् र त्‍यसलाई कलङ्क लागेको भनिठानोस्। उसले त्‍यसलाई फेरि विवाह गर्‍यो भने त्‍यो परमप्रभुको अघि घिनलाग्‍दो कुरो हुनेछ। यस्‍तो डरलाग्‍दो पाप परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूले नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो अशुद्ध भएकी हुनाले त्‍यसलाई त्‍याग्‍ने पहिलो पतिले फेरि त्‍यसलाई आफ्‍नो पत्‍नी तुल्‍याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्‍याउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो स्त्री अशुद्ध भइसकेको कारण त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई विवाह गर्ने अनुमति पाउनेछैन। त्यो याहवेहको दृष्‍टिमा घिनलाग्दो कुरा हुन्छ। याहवेह तिमीहरूका परमेश्‍वरले उत्तराधिकारको रूपमा तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले यो पाप नल्याओ।
Nepali ERV (पवित्र बाइबल)
पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।