Deuteronomy 24:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“भर्खरै विवाह गरेको पुरुषलाई सेनामा तथा अरू कुनै जनसाधारणको काममा नलाउनू। एक वर्ष त्यसलाई त्यस्ता कामबाट छोडिदिनू अनि घर बसेर त्यसले आफ्नी स्वास्नीलाई खुसी पारोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्य कुनै कामको अभिभारा त्यसलाई नदिनू। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी पत्नीलाई आनन्द देओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक वर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक वर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।