Deuteronomy 24:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एउटा इस्राएलीले अर्को इस्राएलीलाई चोरेर लगी दास बनायो वा दास बनाएर बेचिदियो भने त्यो मारिनुपर्छ। यस प्रकारले तिमीहरूले त्यो दुष्ट्याइँ हटाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्यसलाई कमारो तुल्यायो अथवा बेच्यो भने, त्यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।