Deuteronomy 25:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्‍वरको भय मान्‍दैनथे र तिमीहरू थाकेर लखतरान भएका बेलामा तिनीहरूले पछाडिपट्टिबाट हमला गरे र दलबाट छुट्टिएर पछि परेकाहरू जम्‍मैलाई मारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्‍वरको डर मानेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू थाकेर शिथिल भएका थियौ, तब त्यस समयमा तिमीहरूका यात्रामा तिनीहरूले भेटे। अनि पछिल्तिर हिँड्नेहरूलाई तिनीहरूले काटेर मारे। ती अमालेकीहरूमा परमेश्‍वरको डरै थिएन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्।