Deuteronomy 25:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई चालीस चोटिसम्‍म कोर्रा लाए हुन्‍छ तर त्‍योभन्दा बढ्ता होइन। त्‍योभन्दा बढ्ता कोर्रा लगाए जनसाधारणको सामुन्‍ने त्‍यसको बेइज्‍जत हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर चालीस कोर्राभन्‍दा बढ़ी हान्‍न नलगाऊन्‌। त्‍यसभन्‍दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्‍टिमा तिमीहरूको भाइको अपमान हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर न्यायकर्ताले चालीस कोर्राभन्दा बढी लगाउन दिनुहुँदैन। यदि त्यसलाई चालीसभन्दा बढी कोर्रा लगाइयो भने तिमीहरू आफ्ना दाजुभाइका दृष्‍टिमा अपमानित हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसलाई पनि चालीस कोर्रा भन्दा वेशी लगाउनु हुँदैन, यदि तिमीले कसैलाई चालीसभन्दा धेरै कोर्रा लगायौ भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमीलाई केही महत्व छैन।