Deuteronomy 25:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एउटै घर परिवारमा दुई दाजुभाइ बास गर्छन् र एक भाइको छोरो नभई मर्यो भने त्यसकी विधवालाई परिवारदेखि बाहिर कसैसित विवाह गर्न नदिनू। त्यो विधवालाई विवाह गर्नु बाँच्ने भाइको कर्तव्य हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सँगै बसेका दाजुभाइमध्येको कोही छोरा नभई मर्यो भने, त्यसकी पत्नीले बाहिरको कुलमा विवाह नगरोस्। मर्नेकै दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्य पूरा गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि दाजुभाइहरू एकसाथ बसेका छन्, तब तीमध्ये एक भाइको छोरा नभई नै मृत्यु भयो भने त्यस विधवाले त्यस परिवारभन्दा बाहिर विवाह नगरोस्। त्यसको देवर वा जेठाजुले त्यसलाई विवाह गरोस्, र त्यसप्रति आफ्नो कर्तव्य पूरा गरोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।