Deuteronomy 25:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बाँच्ने भाइचाहिँले विधवालाई विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरका अगुवाहरू अघि गई यसो भन्नेछ, ‘मेरो लोग्नेको बाँच्ने भाइले आफ्नो कर्तव्य गर्न मान्दैन, उसले इस्राएलीहरूका बीच आफ्ना दाजुभाइका सन्तान खडा गर्न अस्वीकार गरेको छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर देवरले आफ्नी भाउजूलाई राख्न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्नो दाजुको नाउँ इस्राएलमा कायम राख्न मान्दैन। त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य पालन गर्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीसँग विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरको मूलढोकामा रहेका प्रधानहरूकहाँ गएर भनोस्, “मेरा पतिका भाइले आफ्नो दाजुको नाम इस्राएलमा राख्न इन्कार गर्छ। उसले मप्रति देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्दैन।”
Nepali ERV (पवित्र बाइबल)
यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’