Deuteronomy 26:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तीन-तीन वर्षमा आफ्ना उब्जनीको दशौँ अंश लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिनू र हरेक समुदायमा तिनीहरूलाई चाहिने खाने कुराहरू प्रशस्त होस्। त्यसो गरिसकेपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्ना सबै उब्जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्यो खाऊन् र तृप्त होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्ट होऊन्।
Nepali ERV (पवित्र बाइबल)
“प्रत्येक तेस्रो र्बष दशांश भाग लगाउने वर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ।