Deuteronomy 26:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई भन्‍नू, ‘पवित्र अंशको कुनै पनि भाग मेरो घरमा छोडिएको छैन। त्‍यो मैले लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई तपाईंले मलाई आज्ञा गर्नुभएअनुसार दिएको छु। तपाईंका आज्ञाहरू मैले कुनै पनि उल्‍लङ्घन् गरेको र बिर्सेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसो भन्‍नू: “मैले आफ्‍नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्‍लङ्घन गरेको छैनँ, न त तीमध्‍ये कुनै बिर्सेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह तिमीहरूका परमेश्‍वरलाई यसो भन्‍नू: “मैले मेरो घरबाट पवित्र अंश छुटाएर त्यो लेवी, विदेशी, अनाथ र विधवालाई तपाईंका सबै आज्ञाहरूअनुसार दिएको छु। म तपाईंका आज्ञाहरूबाट तर्किगएको छैनँ, न त मैले बिर्सेको नै छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भन्नु पर्छ, ‘मैले मेरो घरबाट मेरो बालीको पवित्र अंश निकालेर लेवीहरू, विदेशीहरू र विधवा तथा टुहुरा टुहुरीहरूलाई दिएँ। तपाईंले मलाई दिनु भएको सम्पूर्ण आज्ञाहरू पालन गरेको छु र कुनै पनि आज्ञा उलंङ्घन गरेको छैन। मैले ती आज्ञाहरू बिर्सेको छैन।