Deuteronomy 26:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेलाका पूजाहारीकहाँ गएर भन्नू, ‘म परमप्रभु मेरा परमेश्वरकहाँ अब यो स्वीकार गर्दछु कि उहाँले हाम्रा पिता-पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा म पसेको छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यस बेला तत्कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्वरको अगि म स्वीकार गर्छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस बेला सेवामा रहेका पुजारीलाई यसो भन्नू, “याहवेहले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिन्छु भनी शपथ खानुभएको देशमा म आइपुगेँ भनी आज म याहवेह तपाईंका परमेश्वरकहाँ स्वीकार गर्छु।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’