Deuteronomy 26:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्नो महान् शक्ति र बलले मिश्रदेखि हाम्रो उद्धार गर्नुभयो। उहाँले उदेकका काम र अचम्‍मका कुराहरू गर्नुभयो अनि डरलाग्‍दा घटनाहरू गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहको महान् शक्तिशाली हात र फैलिएका पाखुरा, र भयङ्कर आतङ्क, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अदभूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो।