Deuteronomy 27:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जसले ढुङ्गा, काठ वा धातुको मूर्ति बनाएर गुप्‍तमा त्‍यसको पूजा गर्छ, त्‍यसमाथि परमेश्‍वरको सराप परोस्। परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्‍छ।” तब सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मूर्ति बनाउने जो कोही पनि श्रापित होस्। याहवेहले घृणा गर्नुहुने कुरा खोपेर, ढालेर बनाउने र त्यसलाई गुप्‍तमा स्थापित गर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
Nepali ERV (पवित्र बाइबल)
‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’ “तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’