Deuteronomy 28:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वचन मान्यौ र आज मैले तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू सबै विश्वासयोग्य भई पालन गर्यौ भने उहाँले तिमीहरूलाई पृथ्वीमा अरू सबै जातिहरूभन्दा महान् बनाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि याहवेह तिमीहरूका परमेश्वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।