Deuteronomy 28:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रीहरूलाई गरेझैँ परमप्रभुले तिमीहरूलाई पिलोले पीडित पार्नुहुनेछ। उहाँले तिम्रा शरीरहरू घाउ-खटिराले भरिदिनुहुनेछ। तिम्रा शरीर लुतोले भरिनेछन् र चिलाउनेछन् तर तिमीहरूले निको हुने कुनै औषधी पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई फोकाहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ।