Deuteronomy 28:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिउँसो उज्‍यालोमै तिमीहरू अन्‍धाजस्‍ता छामछाम-छुमछुम गरी हिँड्‍नेछौ र तिमीहरूले आफ्‍नो बाटो देख्‍नेछैनौ। तिमीहरूले गरेका कुनै काममा फलिफाप हुनेछैन। सतावट र डकैती तिमीहरूमाथि एकहोरो आइपर्नेछन् र तिम्रा मद्दत गर्ने कोही पनि हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।