Deuteronomy 28:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा पशुहरू तिम्रै अघि मारिनेछन् तर त्‍यसका मासु खान पाउनेछैनौ। तिमीले हेर्दाहेर्दै तिम्रा गधाहरू घिसारेर लगिनेछन् तर फर्काइनेछैनन्। तिम्रा भेडा शत्रुका हातमापर्नेछ र तिमीलाई मद्दत गर्ने कोही हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।