Deuteronomy 28:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रै आँखा सामुन्‍ने तिम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी बनाई विदेशीहरूलाई दिइनेछन्। तिम्रा छोरा-छोरीहरू फर्की आउँछन् कि भनी प्रत्‍येक दिन व्‍यर्थमा तिमीहरू आँखा दुखुन्‍जेल बाटो हेर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।