Deuteronomy 28:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिम्रा वस्‍तुभाउ र अन्‍नबाली खानेछन् र तिमीहरू भोकै मर्नेछौ। तिम्रा लागि तिनीहरूले कुनै अन्‍न, दाखमद्य, जैतुनको तेल, गाई-वस्‍तु वा भेडाहरू छोडिदिनेछैनन् र तिमीहरू मर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका गाईबस्तुका बगाल र तिमीहरूका जमिनका अन्‍नबालीहरू खानेछन्। तिमीहरू बरबाद नभएसम्म तिनीहरूले तिमीहरूका निम्ति कुनै अन्‍न, नयाँ दाखरस र जैतुनको तेल, न त तिमीहरूका बथानका बाछाबाछीहरू अथवा बगालका पाठापाठीहरू नै राख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुञ्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।