Deuteronomy 28:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा हरेक सहरमाथि तिनीहरूले हमला गर्नेछन्। तिमीहरूले भरोसा राखेका अग्‍ला र बलिया किल्‍लाका पर्खालहरू भत्‍कनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले भरोसा राखेका अग्ला र सुरक्षित पर्खालहरू नभत्किएसम्म तिनीहरूले तिमीहरूका देशभरि रहेका सबै सहरहरूलाई घेराबन्दी गर्नेछन्। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशभरिका सबै सहरहरूलाई तिनीहरूले घेरा हाल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।