Deuteronomy 28:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[54-55] उच्‍च कुलका सबैभन्दा भद्र मानिस पनि घेरामा परेको बेलामा यति हताश हुनेछ कि आफूसित अरू खानेकुरा नभएर उसले आफ्‍ना छोरा-छोरीहरूमध्‍ये कतिलाई खानेछ। उसले त्‍यसबाट अलिकता पनि आफ्‍नै भाइ वा आफ्‍नी माया गरेकी स्‍वास्‍नी वा आफूसित बाँचेका छोरा-छोरीहरूलाई पनि दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका बीचमा रहेका अति कोमल हृदय भएका र संवेदनशील मानिसले समेत आफ्नै दाजुभाइ अथवा त्यसले प्रेम गरेकी पत्नी र त्यसका बाँचेका छोराछोरीलाई टिठ्याउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्।