Deuteronomy 28:56 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[56-57] उच्च कुलकी सबैभन्दा भद्र स्त्री यति धनी कि ऊ कतै कहिल्यै हिँडेर जाँदिन, उसले पनि त्यसै गर्नेछे र शत्रुले उसको सहर घेरामा पार्दा उसलाई खानेकुराको यस्तो सङ्कष्ट हुनेछ कि आफूले भर्खर जन्माएको बच्चा त्यसको साल-नालसमेत त्यसले गुप्तमा खानेछ। आफूले प्रेम गरेका लोग्ने वा अरू कुनै आफ्ना बालबच्चाहरूसित त्यसले त्यो बाँडी खानेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्ये कोमल र शिष्ट स्त्री, जसले कोमलता र शिष्टताको कारणले भूइँमा आफ्नो पैतालोले टेक्न पनि चाहँदिनथिई, त्यस्ती स्त्रीले त्यसका पति र आफ्नै छोराछोरीलाई
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका माझमा रहेकी अति कोमल र संवेदनशील हृदय भएकी स्त्री, कोमलता र संवेदनशीलताको कारण आफ्नो खुट्टाले भुइँसम्म छुन नचाहने स्त्रीले समेत आफूले प्रेम गरेको पति र आफ्नै छोराछोरीहरूसँग बाँडेर खानेछैन।
Nepali ERV (पवित्र बाइबल)
“अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।