Deuteronomy 28:63 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी तिमीहरूको फलिफाप गराउँदा र सङ्‍ख्‍या बढाउँदा परमप्रभुले आनन्‍द पाउनुभयो, त्‍यसरी नै तिमीहरूलाई नाश पार्दा र विनाश गर्दा उहाँले आनन्‍द पाउनुहुनेछ। तिमीहरूले अधिकार गर्न लागेका देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी तिमीहरूलाई वृद्धि गराउन र संख्यामा बढाउन परमेश्‍वरलाई आनन्द लागेको थियो, त्यसरी नै तिमीहरूलाई ध्वस्त पार्न र नाश गर्न उहाँलाई आनन्द लाग्नेछ। तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।