Deuteronomy 28:64 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पृथ्‍वीको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म, सबै जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पार्नुहुनेछ। त्‍यहाँ तिमीहरूले आफू वा आफ्‍ना पुर्खाले अघि कहिल्‍यै नपुजेका काठ र ढुङ्गाले बनेका देवताहरूको सेवा गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेहले तिमीहरूलाई पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म सबै जातिहरूको बीचमा छरपस्ट पार्नुहुनेछ। त्यहाँ तिमीहरूले आफैँले र आफ्ना पुर्खाहरूले नजानेका अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवी-देवताहरूलाई पूजा गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।