Deuteronomy 28:65 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहीँ तिमीहरूले शान्ति पाउनेछैनौ। आफ्नो भन्ने कुनै ठाउँ हुनेछैन। चिन्ता फिक्री, निराश र हताशद्वारा परमप्रभुले तिमीहरूलाई व्याकुल पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।