Deuteronomy 28:68 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई फेरि मिश्रमा कहिल्यै जानुपर्दैन भन्नुभएको भए तापनि जहाजहरूद्वारा मिश्रमा फर्काइपठाउनुहुनेछ। त्यहाँ तिमीहरू आफ्ना शत्रुका बीचमा आफूलाई कमारा-कमारी बनाएर बेच्ने चेष्टा गर्नेछौ तर कसैले पनि तिमीहरूलाई किन्न चाहनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्यो देख्नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूलाई इजिप्ट, जहाँ फेरि कहिल्यै फर्केर नजानू भनी मैले भनेको थिएँ, जहाजबाट फर्काएर पठाउनुहुनेछ। त्यहाँ तिमीहरूले आफूलाई आफ्ना शत्रुहरूका हातमा कमरा-कमारीहरूझैँ दिनलाई राजी हुनेछौ। तर तिमीहरूलाई कसैले पनि किन्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, “तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।” मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।