Deuteronomy 29:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआब देशमा परमप्रभुले मोशालाई इस्राएलीहरूसित बाँध्‍न लाउनुभएको करारमा यी करारका कुराहरू लेखिएका थिए। सीनै पहाडमा परमप्रभुले तिनीहरूसित बाँध्‍नुभएको करारमाथि थपेर यो करार बाँधिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलीहरूसँग होरेबमा बाँध्नुभएको करारबाहेक उहाँले मोआबमा मोशालाई इस्राएलीहरूसँग बाँध्नुभएको करारका शर्तहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।