Deuteronomy 29:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार, तिमीहरूलाई आफ्ना निजी प्रजा हौ भनी पक्का गर्नुहुन्छ अनि तिमीहरूका परमेश्वर बन्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्यसरी नै उहाँ तिमीहरूका परमेश्वर बन्नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्नै प्रजा हुनलाई परमप्रभुले पक्का गर्दैहुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ भनी पक्का हुन सकोस्।
Nepali ERV (पवित्र बाइबल)
यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो।